NRN
वालुवाटार बैठकमा प्रभु साह पनि, गठबन्धन आबद्ध दलको संख्या १० दल पुग्यो
वालुवाटार बैठकमा प्रभु साह पनि, गठबन्धन आबद्ध दलको संख्या १० दल पुग्यो नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ ९ दलीय गठबन्धनमा प्रभु साह नेतृत्वको आम आदमी पार्टी पनि समावेश भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा साह नेतृत्वको आम आदमी पार्टी पनि सहभागी भएको हो । सो बैठकले उपराष्ट्रपतिको उम्मेदवार चयन गर्नेछ ।
उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक जारी
उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक जारी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसिरहेको बैठकले पार्टीको तर्फवाट उम्मेदवार टुंगो लगाउनका लागि सचिवालय बैठक जारी रहेको हो । 
अनमोल लेख्छन्- नवौं फिल्ममा चुकें, दशौं फिल्म करियरको दोस्रो सत्रको सुरुवात हुनेछ
अनमोल लेख्छन्- नवौं फिल्ममा चुकें, दशौं फिल्म करियरको दोस्रो सत्रको सुरुवात हुनेछ अभिनेता अनमोल केसी स्टारर नवौं फिल्म ‘छड्के २’ बक्सअफिसमा असफल साबित भइसकेको छ । गत साताबाट प्रदर्शनमा आएको यो फिल्म सोही मितिमा रिलिज अर्को फिल्म ‘छक्का पन्जा ४’सँग प्रतिष्पर्धा गर्नुपर्ने दबाब त छँदै थियो, तर सुरुकै दिनबाट ‘छड्के २’ले दर्शकको साथ पाउन सकेन ।
पाँच जना एआईजीमा सिफारिस, पहिलो नम्बरमा वसन्त कुँवर
पाँच जना एआईजीमा सिफारिस, पहिलो नम्बरमा वसन्त कुँवर गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीका पाँचजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ । 
राष्ट्रपतिको सपथ कार्यक्रमा सभामुख उपस्थित नहुने
राष्ट्रपतिको सपथ कार्यक्रमा सभामुख उपस्थित नहुने नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता भएको छ । राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना  व्यक्त गरेका छन ।
राष्ट्रपतिमा दोब्बर बढी मतले पौडेल निर्वाचित
राष्ट्रपतिमा दोब्बर बढी मतले पौडेल निर्वाचित मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा पूर्वसभामुख रामचन्द्र पौडेल निर्वाचित भएका छन् । आफ्ना प्रत्यासी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
प्रचण्डविरुद्धको रिट न्यायधिस श्रेष्ठको इजलासमा
प्रचण्डविरुद्धको रिट न्यायधिस श्रेष्ठको इजलासमा प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ ।
आगलागी भएको श्री एअरलाइन्सकाे बिमान सुरक्षित अवतरण, पाइलट र यात्रु सकुशल
आगलागी भएको श्री एअरलाइन्सकाे बिमान सुरक्षित अवतरण, पाइलट र यात्रु सकुशल श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
राष्ट्रपति निर्वाचनमा मतदान सुरु, पहिलो मत रामचन्द्र पौडेलले हाले
राष्ट्रपति निर्वाचनमा मतदान सुरु, पहिलो मत रामचन्द्र पौडेलले हाले मुलकका लागि हुन गईरहेको तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ । बानेश्वरस्थि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजे देखी मतदान सुरु भएको हो ।  जारी मतदानमा पहिलो मत नेपाली कांग्रेसका नेता  तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले हालेका छन । 
‘तेरे नाम’का निर्देशक सतीश कौशिकको निधन
‘तेरे नाम’का निर्देशक सतीश कौशिकको निधन भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ । शवना आजमीको निवासमा मस्तसँग ७ मार्चमा होली मनाएर उनी पारिवारिक होली खेल्न दिल्ली गएका थिए । महिमा चौधरी, जाबेद अख्तरसँग होली खेलेको त्यो होलीको तस्विर उनले सामाजिक सञ्जालमा राखेका थिए । 
राप्रपाले राष्ट्रपति चुनावमा भाग नलिने
राप्रपाले राष्ट्रपति चुनावमा भाग नलिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । आज बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
Weather Update