एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनको संस्थागत गान ‘भूगोल अनि भावनालाई’ सार्वजनिक
बिहीबार, पुस २८, २०७९
शुक्रबारबाट तिम्रो मेरो साथ : प्रेममा धोका र अपमानको खेल
बिहीबार, पुस २८, २०७९
प्रेम किन र के का लागि…? ब्याख्या र कारण सबैको एकै हुन्छ भन्ने छैन । प्रेमको कुरालाई धेरैले फरक -फरक अर्थले पनि बुझेका हुन्छन । आजको समयको प्रेम , माया, साथ र स्नेहमा पनि स्वार्थ र शंकाको घाम देखियो भने त्यस्तो प्रेम , साथ र माया दिगो हुंदैन भन्ने कुरा...
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु
बुधबार, पुस २७, २०७९
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् ।
इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व रक्षाले गर्ने
बुधबार, पुस २७, २०७९
‘मिस इको इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता उप्रेतीलाई ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित पठाउन लागेको हो ।
अर्थतन्त्रलाई गति दिन सार्वजनिक-निजी क्षेत्रको सहकार्य अनिवार्य : प्रधानमन्त्री
बुधबार, पुस २७, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजी क्षेत्रको सहकार्य अनिवार्य रहेकोमा जोड दिए ।
कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त
बुधबार, पुस २७, २०७९
कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्मा नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त
बुधबार, पुस २७, २०७९
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सत्ता गठबन्धनसहित लोसपाका ३ र स्वतन्त्र २ सांसद गरी गिरीलाई ५८ जनाको समर्थन छ ।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले ३ माघमा विश्वासको मत लिने
बुधबार, पुस २७, २०७९
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी ३ माघमा विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुई मन्त्रीसहित मुख्यमन्त्री जम्कट्टेललाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
पोखराका विनोद बराल : जो खाना पकाउदै र चखाउँदै बिश्व डुल्छन
बुधबार, पुस २७, २०७९
खाना चखाउन र पकाउन कोही बिश्वभर पुग्छ भनेर सुन्दा झट्ट पत्याउन गार्हो हुन्छ, तर पोखराका बिनोद बरालको करियरमा भने यो कुनै आश्चर्यजनक कुरा होइन । उनी आज बेलायतमा छन् भने भोली अमेरिका पुगेका हुन्छन ।
कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछ : प्रधानमन्त्री
मंगलबार, पुस २६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् ।