NRN
निर्देशक झाको निधन
निर्देशक झाको निधन सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएनी’ जस्ता नेपाली चलचित्रका निर्देशक अरुण कुमार झाको निधन भएको छ । हृदयघातमा कारण आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा ७२ बर्षको उमेरमा उनको निधन भएको झाका मित्र बरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताए ।
नेप्से परिसूचक २० अंकले बढ्यो
नेप्से परिसूचक २० अंकले बढ्यो गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन दिन आइतबार पनि बढेको छ । आज नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढेर दुई हजार एक सय ६४ दशमलव ६१ अंकमा कायम भएको हो ।
तुइनबाट खसेर दार्चुलामा १० वर्षीय बालक बेपत्ता
तुइनबाट खसेर दार्चुलामा १० वर्षीय बालक बेपत्ता ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
तराईको मौसममा अझै सुधार भएन
तराईको मौसममा अझै सुधार भएन डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ ।
ग्लोबल आईएमई र बीओकेएकीकृत कारोबार सोमबारबाट
ग्लोबल आईएमई र बीओकेएकीकृत कारोबार सोमबारबाट ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले शनिबार संयुक्तरूपमा मर्जर सन्देशको देशव्यापी प्रभातफेरि कार्यक्रम आयोजना गरेका छन् ।
जनकपुर र विराटनगरबाट आजैदेखि श्रम स्वीकृति सेवा सुरु 
जनकपुर र विराटनगरबाट आजैदेखि श्रम स्वीकृति सेवा सुरु  लामो समयको छलफल एवं प्रयासपछि बल्ल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा अब सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । 
Weather Update