NRN
फिफा महिला विश्वकप फुटबलकाे आज तीन खेल हुँदै

आज(आइतबार) फिफा महिला विश्वकप फुटबलकाे तीन खेल हुँदैछ। 

स्वीडेन र दक्षिण अफ्रिका, फ्रान्स र जमैका तथा नेदरल्याण्ड्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुन लागेको हो। न्युजिल्याण्ड्‍सको विलिङ्टन रिजनल स्टेडियमा स्वीडेन र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे हुँदैछ। न्युजिल्याण्डकै फोर्सिद बार स्टेडियममा नेदरल्याण्ड्स र पोर्चुगलले दिउँसो सवा १ बजे खेल्नेछन् । अस्ट्रेलियाको यलियञ्ज स्टेडियममा फ्रान्स र जमैकाले दिउँसो पौने ३ बजे प्रतिस्पर्धा गर्नेछन्। 

शनिबार भएका खेलमा अमेरिका, जापान, इङल्याण्ड र डेनमार्क विजयी भएका थिए।

अमेरिकाले भियतनामलाई  ३-0 , जापानले जाम्बियिामाथि ५-0 , इङ्ल्याण्डले हाइटीमाथि १-0 , डेनमार्कले चीनलाई १-0 ले हराएकाे थियाे । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update