NRN
डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुकाे माग

संस्थापन इतरका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सभपाति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

मोरङका जिल्ला सभापति समेत रहेका लिम्बुले भने, ‘हिजो चुनाव तपाईले गिरीजाप्रसाद कोइरालासँग लड्नुभयो । वरिष्ठ नेता प्राप्त गर्नुभयो । अहिले डा. शेखर कोइरालाले किन प्राप्त नगर्ने ?’

पार्टीका मन्त्रीहरुले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले विगतको अवस्था ख्याल गर्दै कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् ।

यसअघि केन्द्रीय समिति बैठकमा नै गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले माग गरेका थिए । १४ औं महाधिवेशन अघि देउवासँग सभापतिमा पराजित रामचन्द्र पौडेल वरिष्ठ नेता थिए ।

पार्टी केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्ष बनेपनि कोइरालालाई वरिष्ठ नेताको उपाधी दिइएको छैन । कांग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update