NRN
पहिरोले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु

आइतबार रातिको वर्षाका कारण बैतडीमा पहिरोले घर पुरिँदा आमा, छोराको मृत्यु भएको छ । बैतडीको पुर्चौंडी नगरपालिका २ को भैरु टोलमा पहिरोले घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले पहिरोमा परेर मृत्यु हुने अन्जुका १७ वर्षीय देवर गोब्बर जागरी उनका ४५ वर्षीय सासुआमा राइमती जागरी र छिमेकी ६० वर्षीय जस्मा बोहरा भने घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको जानकारी दिए ।

घरमा पूर्ण क्षति पुगेको र करिब एक दर्जन चौपायासमेत मरेका वडा सदस्य कृष्ण बोहराले बताए।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update