NRN
सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट मन्त्री बन्दै रामेश्वर र कैलाश

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको सात महिना वितिसक्दा पनि सरकारले पुर्णता पाउन सकेको छैन । 

सुदूरपश्चिम प्रदेशकाे लामो समय खाली रहेको मन्त्रालयमा आज मन्त्री नियुक्त गरेर सरकार विस्तारको तयारी भइरहेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा आज मन्त्री नियुक्त गर्ने तयारी भइरहेको स्रोतले बताएकाे छ ।

उक्त मन्त्रालय नागरिक उन्मुक्ति पार्टीलाई मन्त्रालय दिने सहमति भइसके तापनि, नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयको दाबी नछोडेपछि अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको थिएन ।

आज भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा राज्यमन्त्रीका रुपमा रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने तयारी भइरहेको स्रोतले जानकारी दिएकाे छ ।

नागरिक उन्मुक्तिले पार्टीबाट मन्त्री बन्नेहरुको नाम मुख्यमन्त्री कमल बहादुर शाहलाई पठाइसकेको छ ।

मुख्यमन्त्री काठमाडौँमा रहेका कारण सरकार विस्तार हुन नसकेकाेले मुख्यमन्त्री आज काठमाडौँबाट कैलाली फर्किँदै छन् । उनी फर्किए लगत्तै सरकार विस्तार हुने स्रोतको दाबी छ ।

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update