नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।
नयाँ मौद्रिक नीतिले ब्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अर्थतन्त्र चलायमान हुने उनले बताएका हुन्।
अर्थमन्त्री महतले भने ‘हिजो मात्रै नयाँ मौद्रिक नीति सार्वजनिक भएको छ । मौद्रिक नीतिले ब्याजदर कम भए पछि लगानी बढ्छ । यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ।’ उनले ब्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने बताए । मन्त्री महतले पुँजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमा नै ठेक्का लगाउनुपर्ने र गत वर्ष राजस्व कम उठे पनि यो वर्ष राजस्व धेरै उठ्ने गरी सरकारले योजना बनाएको बताए ।
काङ्ग्रेसका प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री महतले पार्टीको बैठक लाइभ गर्दा बाहिर यथार्थ कुरा बाहिर आएको बताउनुभयो । बैठकको लाइभ प्रक्रियाले पार्टीभित्रका धेरै भ्रमहरू चिरेको छ, पार्टीभित्र धेरै किचलो भएको भ्रम फैलाइएको थियो, अब सबैलाई क्लियर भयो’ उनले भने ।