NRN
ग्रीसमा आगो निभाउन खटिएको विमानमा आगलागी हुँदा दुई पाइलटको मृत्यु

ग्रीसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । 

मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो।सोही आगो निभाउने क्रममा विमानको पखेटा रुखमा अड्कियो, केही समयपछि विमान जमिनमा खस्यो र आगो लाग्यो ।

मिडिया रिपोर्टका अनुसार विमानमा दुई जना पाइलट रहेको र दुवैको ज्यान गएको जनाएको छ ।

हाल ग्रिसको जंगलमा आगो लागेका कारण हजारौं मानिसहरू बिस्थापित हुन पुगेका छन् ।

ग्रिस सरकारले स्थानियलाई स्थानतरण गरेर जंगलमा लागेको आगो निभाउनका लागि सम्पुर्ण प्रयत्न जारी राखेको जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update