अष्ट्रेलियामा रहनु हुने प्रबासी नेपालीहरू मांझ परिचित छन रन्जित राज वन्त । ब्याबसायी र सामाजिक अभियन्ताको रूपमा परिचित पन्तले अष्ट्रेलियामा रहनु हुने नेपालीहरूको साथ र समर्थनकै कारण एनआरएनए अष्ट्रेलियाको जुलाई २९ तारेखका दिन हुन गैरहेको चुनाबमा राष्ट्रिय यूबा संयोजकको पदमा उम्मेदवारी दिएका छन् ।
वन्तको यो उम्मेदवारीलाई लिएर यतिबेला अष्ट्रेलियामा सही पद सही ब्यक्तिको रूपमा चित्रण गर्न थालिएको छ । पदमा रहंदा पनि र नरहंदा पनि सामाजिक अभियानमा लामो समयदेखी लागि पर्दै आएका वन्तको उपस्थिति र सामाजिक अभियानलाई अष्ट्रेलियामा रहनु हुने नेपालीहरूबाट उच्चतम साथ र समर्थन मिलिरहेको छ ।
रन्जित राज वन्तले आफूले गर्ने काम र उद्देश्यमा एक लाख डलरकौ यूबा कोष खडा गर्ने योजना अगाडि सारेका छन् । उनको यो सोच र योजनाले मतदाताहरू मांझ सकारात्मक सन्देश प्रबाह गरेको छ ।
वन्तले यसरी जम्मा गरिएको डलरबाट ब्यपारको प्रकृति हेरेर् दुईदेखी पाँचहजार डलरसम्म् उपलब्ध गराईने छ । यस बाहेक पनि वन्तले अष्ट्रेलियाको नेपाली समाजको हित र पक्षका लागि थप उल्लेखनीय कार्यक्रमहरू ल्याएका छन् ।
वन्तले केबल चुनाब जित्नका लागि मात्र गर्न नसक्ने र क्षमता भन्दा बाहिरको योजना र कार्यक्रमहरू ल्याएका छैनन् । उनले गर्न सक्ने र क्षमताले भ्याएसम्म गर्न सकिने कार्यक्रम मात्र अगाडि सारेका छन । उनको यो सोच र कार्यशैलीप्रति यतिबेला अष्ट्रेलियामा रहनु हुने नेपालीहरु प्रभावित भएको बुझिएको छ ।
रन्जित हेर्दा जति भद्र र शालिन देखिन्छन् । उनको योजना र कार्य दिशा पनि नेपाली समाज सुहाउंदो र गर्न सकिने खालका छन -‘ यस्ता जोशिला , र जांगरिला अनि क्षमताले भरिपूर्ण ब्यक्तिलाई हामीले जिताउंनै पर्छ -‘ अष्ट्रेलियामा रहनु हुने नेपालीहरूको एउटै आबाज छ ।