NRN
फिफा महिला विश्व : अमेरिका र नेदरल्यान्ड्सको बराबरी

फिफा महिला विश्वकप फुटबलमा आज भएको पहिलो खेलमा अमेरिका र नेदरल्यान्ड्स बराबरीमा रोकिएका छन् ।

न्युजिल्याण्डको विलिङटनमा आज भएको समूह ‘इ’ को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १–१ गोलमा खेल बराबरी भएकाे हाे । खेलको १७औँ मिनेटमा जिल रुर्डले नेदरल्यान्ड्स लागि र खेलको ६२औँ मिनेटमा कप्तान लिन्ड्स होरानले अमेकिाका लागि एक–एक गोल गरेपछि कुनै गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । 

अमेरिका उक्त बराबरीसँगै समूह ‘इ’ को शीर्ष स्थानमा यथावत छ । बराबरीसँगै अमेरिका र नेदरल्यान्ड्स दुवै टोलीले अङ्क बाँडेपछि दुवैको चार अंक भएको छ । दुवैको नकआउट सम्भावना बलियो भएको हो ।

पहिलो खेलमा अमेरिकाले भियतनामलाई र नेदरल्यान्ड्सले पोर्चुगललाई हराएपछि समूह ‘ई’ मा पोर्चुगल र भियतनाम अङ्कविहीन छन् । 

यस्तै,  आज हुने अर्को खेलमा पोर्चुगल र भियतनामबीच नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरुहुने छ ।

यसैगरी, आजै अपरान्ह पौने ४ बजे घरेलु टोली अस्ट्रेलिया र नाइजेरिया भिड्ने छन् । समूह 'बी' मा अस्ट्रेलिया दोस्रो स्थानमा छ भने नाइजेरियाल तेस्रो स्थानमा रहेको छ ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update