NRN
एनएमबी बैंक महोत्तरीमा लुटपाट गर्ने एक जना पक्राउ

महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंक शाखा लुटपाटमा संलग्न प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार राज्यका मधुवनी जिल्लामा पर्ने फूलहरका २० वर्षीय अजयकुमार साफीलाई बुधवार बेलुकी मटिहानी नगरपालिका ८ स्थित नेपाल–भारत सीमा नजिकबाट पक्राउ गरिएको महोत्तरी प्रहरीले जानकारी दिएको हो। 

महोत्तरीका प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंक शाखामा १६ जेठ दिउँसो चार–पाँच जनाको समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख १ हजार ४९३ तथा कर्मचारीका मोबाइल लुटेका थिए । नम्बर नभएको दुईवटा मोटरसाइकलमा चढेर आएका उनीहरु बैंक लुटेर फरार भएका थिए । 

साेहि लुटपातमा साफी संलग्न रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीको भनाइ छ।

लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेकाले छिट्टै पक्राउ गरिने जिल्ला प्रहरी प्रवक्ता गिरीले दाबी गरे।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update