कांग्रेसका सांसद गगन थापाले तिरे निर्वाचन आयोगलाई १५ हजार जरिबाना
निर्वाचन आयोगलाई नेपाली कांग्रेसका सांसद गगन थापाले १५ हजार रुपैयाँ जरिबाना तिरेका छन् । निर्वाचन आयोगलाई जानकारी नगराई निर्वाचन खर्च सार्वजनिक गरेको उमेदवारलाई आयोगले जरिबाना गर्ने निर्णय गरेको थियो ।
थापाले खर्च विवरण आयोगलाई बुझाएर सार्वजनिक गरेपनि आयोगलाई जानकारी दिएका थिएनन् ।
“मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनुपर्ने जानकारी नभएको जानकारी गराउँछु । अतः १५ हजार जरिबाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु,” उनले भनेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० १६:०२
प्रतिक्रिया दिनुहोस्