NRN
त्यस कारण एनआरएनए अष्ट्रेलियामा बिनोद कुँवर…..॥

प्रबासको बसाई त्यति सहज र सरल छैन । लामो प्रबासको जिबन र यात्रामा पनि नेपाली समाज र नेपाली पुस्ताका लागि केही गरौं भन्ने सोच र योजना कसैमा आउँछ र हुन्छ भने खुलेर तारिफ गर्नै पर्छ । समय नै छैन र समय नै हुंदैन भनेर समाजबाट भाग्ने अनि सामाजिक कार्यसंग आबद्दता जनाउंन नपरोस भन्ने सोच बोकेकाहरूको भिड बढिरहेको समयमा अष्ट्रेलियाको सिड्नी निबासी बिनोद कुवंर सिड्नीमा रहेका स्थानिय नेपालीहरू मांझ यसरी घुलमिल भएका छन कि यतिबेला उनि केही गर्ने धेयका साथ सबैसंग हातेमालो गर्दै अगाडि बढ्ने यूबाको रूपमा परिचित र स्थापित छन ।

उनको यही सोच र योजनाले आज बिनोदलाईन स्थानिय नेपालीहरूले शनिबार हुन लागेको एनआरएनए अष्ट्रेलियाको चुनाबमा उम्मेदवारी हुनु पर्ने दबाब दिए । यही दबाबको फलस्वरूप उनले एनआरएनए अष्ट्रेलिया ( २०२३ - २०२५ ) को लागि एनएसडब्लू कोर्डिनेटर पदका उमेदवारी दिएका छन । लामो समयदेखी अष्ट्र्लियाको नेपाली समाजमा यूबा पुस्तालाई जुझारू बनाउंन र उनिहरूलाई आफ्नो क्षमता , दक्षता र शिक्षा अनुसारको काम गर्नु पर्ने र त्यस अनुरूप बाताबरण पनि सिर्जना गरेर सामाजिक अभियानमा लागि पर्दै आएका बिनोद जस्ता जुझारू यूबा सस्थामा आउंनु पर्ने आबाज उठिरहेको छ -‘ केही गरौं भन्नेलाई हामीहरूले साथ दिनै पर्छ ।

यूबा आए भने प्रबासमा हुर्किएको दोस्रो पुस्तालाई पनि नेपालसंग जोड्ने काम गर्छ । त्यस कारण पनि बिनोद कुँवर आजको आबश्यकता हो -‘ सिड्नी निबासी नेपालीहरूको भनाई छ । उम्मेदवारी घोषणा गर्दै कुवरले आफू अष्ट्रेलियाको नेपाली समाजको निम्ति कार्य गर्ने अनि नयां सोच , योजना र फलदायी बिचारलाई अगाडि बढाउंने प्रतिबद्दता ब्यक्त गरेका छन । कुवरले सिड्नीमा बसेर भएपनि आज नेपालसंग आफ्नो क्षमता र दक्षतालाई जोडेर लामो यात्रा पार गर्ने योजना बनाएका छन । पदमा रहेता पनि र नरहेता पनि अष्ट्रेलियाको नेपाली समाजमा बिनोदले पुर्याएको योगदान र निभाएको भूमिकाको आज पनि चर्चा हुने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update