NRN
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक वर्षको जुलाई ३० मा मनाउन सुरु गरिएको मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ। मानव बेचबिखनविरुद्धको याे १६ औँ राष्ट्रिय दिवस हाे । 

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार बेचबिखनमा परेकाको यकिन संख्या तोक्न कठिन भए पनि यीमध्ये २८ प्रतिशत बालबालिका छन्। ७० प्रतिशतभन्दा धेरै महिला बेचबिखनको शिकार हुन्छन्। दक्षिण एसियामा बेचबिखनमा पर्नेमा ४० प्रतिशत बालबालिका रहेको तथ्यांक छ।

मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसार तथा प्रतिवद्धता व्यक्त गरिन्छ। हरेक बर्ष झै यस बर्ष पनि संयुक्त राष्ट संघले मानव बेचबिखन सम्बन्धि जनमानस हरुमा सचेतना फैलाउन आज को दिनमा यो दिवस मनाउदै छ ।

सार्कको ११औँ सम्मेलनवाट पारित वेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासम्धी २००२ लाई दोस्रो जनआन्दोलनबाट पुनः स्थापित संसद्ले २०६३ भदौ २० गते अनुमोदन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update