आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय रूपमा खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएकाे छ ।
शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने र धान रोपाइँ गर्ने कार्य असारभित्र सम्पन्न गरी कार्यमा ह्रास शक्तिलाई पुनर्जागरण प्रदान गर्न साउनमा खीर खाने चलन आएको बोर्डले बताएको छ ।
बोर्डले २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।