आज नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बन गरिने
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक सोमबार संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैदिउँसो १ बजे बोलाइएको छ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बन गरिएको जानकारी सभामुखले देवराज घिमिरेले जनाकारी गराउँनेछन्।
यसैगरी, आजको बैठकमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको समबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ।
यस्तै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गरिनेछ ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १०:००
प्रतिक्रिया दिनुहोस्