माओवादी केन्द्रले केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने
केन्द्रीय समिति बैठक सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रत्यक्ष प्रशारण (लाइभ) गर्ने भएको छ।
लाइभ गर्न निर्णय गरेको एक नेताले जानकारी दिए अनुसार नेकपा माओवादी केन्द्रले साउन १७ गतेबाट बस्ने केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको हाे ।उक्त नेताले लोकतान्त्रिक प्रणालीमा सबैलाई बोल्ने अधिकार भएकाले समय तोकेर बोल्न दिने जानकारी पनि दिए।
केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको उनले बताए।
केन्द्रीय कमिटी बैठक पाँच दिनसम्म चल्नेछ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० ११:३८
प्रतिक्रिया दिनुहोस्