NRN
सत्तारूढ दल माओवादी केन्द्रको विधान सम्मेलन मंसिरमा, विशेष महाधिवेशनबारे छलफल

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिरमा विधान सम्मेलन गर्ने भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकमा विधान सम्मेलन मंसिरमा गर्ने समझदारी भएपनि मिति भने केन्द्रीय समिति बैठकबाट तय हुने सचिव दीनानाथ शर्माले जानकारी दिए । 

पार्टीलाई व्यवस्थित बनाउँदै विधि र पद्दतिमा चलाउन मंसिरमा विधान सम्मेलन गर्ने तय भएको उनको भनाइ छ । 

शर्माले भने, ‘पदाधिकारी बैठकमा मंसिरमा विधान सम्मेलन गर्नेगरी केन्द्रीय समितिको एजेण्डा बनाएको छ । यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुने छ’ ‘केन्द्रीय समिति बैठकबाट विधान सम्मेलनको मिति तय गरेर अघि बढ्ने छौं ।’

बैठकमा विशेष महाधिवेशनबारे पनि छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update