NRN
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन भन्छन्, सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्नु जालझेल

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेशमा भएको गतिविधि संविधानले परिकल्पना नगरेको बाटोमा गएको बताएका छन् ।

उनले विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा एउटा प्रदेशको सत्ता टिकाउन र सरकार बनाउन सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम हुने बताएका हुन् ।

‘सरकार बनाउन उहाँहरूले सभामुखलाई राजीनामा दिन लगाउनुभयो, भोलि सरकार बनाउनका लागि एमालेले राजीनामा दिन लगाउने होला यसरी संविधानले परिकल्पना नगरेको अवस्थामा मुलुकलाई लैजानु गलत हो’,

लिङदेन भन्छन्, ‘सभामुखले राजीनामा दिएपछि उपसभामुखले राजीनामा दिनुहोला ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ एमालेले ज्येष्ठ सदस्यलाई अनुपस्थित गराउने होला । यसले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाँदैछ ।’

उनले संविधानलाई गीता, बाइबलजस्तो सच्याउनु हुँदैन भन्नेहरूले संवैधानिक जटिलतामा लगेको र कोशी प्रदेश सरकार गठनमा राप्रपा तत्काल कसैको पक्ष र विपक्षमा नलाग्ने पनि बताएका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update