२२ गतेसम्मका लागि सूचना टाँसेर स्थगित प्रतिनिधि सभाको बैठक
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्म स्थगित भएको छ।
प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको थियो तर बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी काण्डको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउँदासम्म संसद् चल्न नदिने बताएपछि अवरोध हटाउन सभामुखले पहल गरेका थिए तर, सहमति नजुटेपछि बैठक एक साता पछि धकेलिएको छ।
अब प्रतिनिधि सभा बैठक साउन २२ गते दिउँसो १ बजे बस्नेछ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १५:२७
प्रतिक्रिया दिनुहोस्