NRN
निजी जग्गामा  सरकारी बजेटमा भवन निर्माण

काठमाडौं । निजी जग्गामा नै सरकारी बजेटमा भवन निर्माण कार्यको सिलान्यास भएको तथ्य खुलेको छ ।

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्वर ९ स्थित चेतनगर विर्तामा रहेको मेघिया देवि रामको नाममा रहेको जमीनमा १० धुर क्षेत्रफल जमीनमा बन्दै गरेको सामुदायिक भवनमा शुक्रबार संघीय सांसद र प्रदेश सभा सदस्यले संयुक्त रूपमा सिलान्यास गरेका छन् ।

निजी स्वामित्वमा रहेको जमीनमा सांसद स्वयंले सिलान्यास गरेपछि विवाद र चर्चाको विषय बन्न पुगेको छ । शुक्रबार बिहानै सिलान्यास गर्न पुगेका अरु नभई जिल्लाकै क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद देव प्रसाद तिमल्सेना र सोही क्षेत्रको प्रदेश सभा १ बाट निर्वाचित विधायक युवराज भट्टराई रहेका छन् ।

संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय अन्तर्गतको तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत वडा नम्बर ९ मा सामुदायिक भवन शीर्षकमा रहेको २५ लाख रकमको बजेटमा भवन बन्न लागेको स्रोतले बताएको छ ।

 चन्द्रपुर ९ मा सामुदायीक भवन निर्माणको योजना आफ्नो पहलमा कार्यक्रममा पारेको आम जनता पार्टीका अध्यक्ष प्रभु साह निकट नेता बालकृष्ण सापकोटा बताउँछन् । आफूले फरक उदेश्य सहित सोही वडामा अन्यत्रै सामुदायीक भवन बनाउने उद्देश्यले योजना माग गरेको भएतापनि केही व्यक्तिले आफ्नो राजनीतिक रोटी सेकाउनकाे लागि नियम विपरित मानिने निजी स्वामित्वमा रहेको जमीनमा संरचना बन्नुमा विरोध जनाउनु स्वाभाविक रहेको उनी बताउँछन् ।  आफूले योजनामा पार्न गरेको मेहनत र अथक प्रयासबाट आएको बजेटमा अझ जोर सांसद्हरुले नै सिलान्यास गर्नु लज्जास्पद कार्य भएको सापकोटा बताउँछन् ।

संस्थागत रूपमा दर्ता समेत नभएको समुहको नाममा रहेको दाबी गरिएको भएपनि सो जमीन व्यक्तिगत आबादी नै रहेको खुलेको छ । उक्त निर्माणाधीन सामुदायीक भवनलाई दलित सामुदायीक भवनको नाम दिइएको स्थानीय विपत राम बताउँछन् ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update