NRN
आज कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ। 

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको भाउ पनि बढेको छ। अघिल्लो दिन युरो एकको खरिददर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसामा कारोबार भएकोमा आज युरो एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४१ पैसा तोकिएको छ।  

आज नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ। 

अघिल्लो दिन डलर एकको खरिददर १३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९२ पैसामा कारोबार भएको अमेरिकी डलर बिहीबार एकको खरिददर १३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४४ पैसामा कारोबार भइरहेको छ।

त्यसैगरी, आज क्यानेडियन डलर एकको खरिदमा ९९ रुपैयाँ ११ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५६ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रुपैयाँ ९२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ३१ पैसामा कारोबार भइरहेको छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ।त्यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। 

आज कुवेती दिनारको मूल्य पनि बढेको छ। अघिल्लो दिन कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ०७ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ०२ पैसामा कारोबार भएकोमा आज कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ५२ पैसा र बिक्रीमा ४३० रुपैयाँ ४८ पैसा तोकिएको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ०१ पैसा र बिक्रीमा २९ रुपैयाँ १५ पैसा पाइन्छ।

 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update