NRN
अधिवक्ता भगवती पाण्डे रिहा

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई प्रहरीले रिहा गरेको छ । जिल्ला अदालत, काठमाडौंले पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले रिहा गरेको हो ।

जातीय विभेदसम्बन्धी कसुरमा बुधबार पक्राउ परेकी पाण्डेलाई हिजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो तर अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै म्याद थप नगरेपछि उनी बुधबार साँझ नै रिहा भएकी हुन् ।

पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएको भन्दै उजुरी परेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update