NRN
खेल जीवनबाट बुफोनले लिए सन्यास

इटालीका विश्व चर्चित गोल रक्षक जियानलुइगी बुफोनले खेल जीवनबाट सन्यास लिएका छन् । ४५ वर्षको उमेर पुगेका बुफोनले सामाजिक सञ्जालमार्फत् अब आफू फुटबलमा नरहने घोषणा गरेका हुन् ।

सन् १९९५ मा पर्माबाट बुफोनले व्यावसायिक खेल करिअर शुरु गरेका थिए ।

२८ वर्षको व्यावसायिक खेल अवधिमा उनले सन् २००६ देखि युभेन्ट्सबाट १० सिरी ए र पेरिस सेन्ट–जर्मेइनबाट एक लिग वान उपाधि जितेका छन् ।

सन् २०१८ को विश्व कपमा छनोट हुन नसकेपछि बुफोनले त्यसबेला नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए ।सन् २००६ मा भएको विश्व कपमा फ्रान्सलाई टाइब्रेकरमा हराएर इटालीले उपाधि जित्दा उनी टोलीका सदस्य थिए ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update