NRN
देविका पाल्शिकर भारतीय पूर्व क्रिकेटर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त

देविका पाल्शिकर भारतीय पूर्व क्रिकेटर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन् ।

आगामी अगस्ट र सेप्टेम्बरमा मलेसियामा हुने टी–२० महिला विश्वकपको एसिया क्षेत्र छनोटको तयारीमा रहेको बेला पाल्शिकरलाई ब्याटिङ प्रशिक्षक नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार बिहान आफ्नो सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएको हो ।

नेपालले पहिलो पटक नेपाली महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो ।  यसअघि कुनैपनि भूमिकामा विदेशी प्रशिक्षकले नेपाली महिला क्रिकेट टोली हेरेका थिएनन्। 

देविकाले भारतबाट एक महिला टेस्ट र १५ महिला ओडिआई खेल खेलेकी छन् । उनी गत वर्ष भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लूपीएल)मा मुम्बई इन्डियन्सको महिला टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा समेत काम गरेकी थिइन् ।

क्यानले प्रारम्भिक छनोट अन्तर्गत २४ सदस्यीय टोली बन्द प्रशिक्षणमा सकेको छ । हाल महिला टिमको प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेट प्रशिक्षक स्यामसन जंग थापाले टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update