NRN
तारकेश्वरमा पहिरोले घर पुरिंदा बाबुछोरीको मृत्यु

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार करिब ९ बजे माथिबाट खसेको पहिरोले तारकेश्वर नगरपालिका-५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा नुवाकोट सामरी घर भई हाल तारकेश्वरस्थित चो गाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङ छन्।

सोही घटनामा परी गणेशकी श्रीमती सञ्जु तामाङ भने घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update