NRN
आइतबारका लागि विनिमय दर सार्वजनिक, कतिमा हुँदैछ काराेबार ?

राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आइतबार अघिल्लो दिन अर्थात् शुक्रबारकाे तुलनामा १६ पैसा बढेर अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। 

अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ०७ पैसा ताेकिएकाे छ। त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ९२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३७ पैसामा काराेबार भइरहेकाे छ । 

यस्तै, आज युरो एकको खरिदमा आज १४४ रुपैयाँ ६९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ३५ पैसामा काराेबार भइरहेकाे छ । 

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७२ पैसा पाइन्छ ।

यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४१ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४७ पैसा पाइन्छ। 

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०१ पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ०३ पैसा र बिक्रीमा २९ रुपैयाँ १७ पैसा पाइन्छ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३७ पैसा तोकिएको छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ८२ पैसा पाइन्छ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update