संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामति ऐन आगामी मन्त्रीपरिषद्को बैठकमा पेस हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्ला–बेग्लै विधेयक पनि आगामी मन्त्रीपरिषद्को बैठकमा पेस गर्ने तयारी रहेको बताए ।
उनले संघीय निजामति ऐनको ड्राफ्ट सकिसकेको र आगामी मन्त्रीपरिषद्को बैठकमा पेस गर्ने बताए।
मन्त्री मोदीले आफू मन्त्री बनेको दिनबाट नै संघीय निजामति ऐन ल्याउनैपर्छ भनेर काम गरेकाले अहिले सबै तयारी सकिसकेको बताए ।
मन्त्री मोदीले भने, ‘म जब मन्त्री भएँ, मेरो मिसनमा एउटा संघीय निजामती ऐन ल्याउने भन्ने थियो । किनभने निजामती सेवा ऐन र कानून बनाउने कुरामा महत्वपूर्ण भूमिका खेल्नुपर्छ भनेर डे वादेखि ड्राफ्ट कुरेर विभिन्न सरोकारवालासँग छलफल गरेको छु,। 'अहिले त्यो ऐन अर्थ र कानून मन्त्रालयबाट पनि आइसकेको छ । आउने क्याबिनेटमा दर्ता हुन्छ। ढुंगा गिटी र बालुवाको पनि धेरै समस्या छ, विकास निर्माणमा त्यसको पनि ऐन बनेको थिएन, त्यसको पनि ऐन तयार पारेको छु ।’
मन्त्री मोदीले शक्तिकेन्द्रको पछि लागेर रोजेको ठाउँमा मात्रै बस्ने कर्मचारीहरुबाट सुशासन हुन नसक्ने बताए ।