NRN
दक्षिण अफ्रिकाविरुद्ध  टी–२० सिरिज अस्ट्रेलियालाई

दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी–२० सिरिजका लागि टोली घोषणा गरेको छ । अस्ट्रेलियाले मिचेल मार्शको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।  

अस्ट्रेलियाले तीव्र गतिका बलर स्पेन्सर जोनसन, अलराउण्डर आरोन हार्डी र ब्याटर​ म्याट सर्टलाई पहिलोपटक टोलीमा स्थान दिएको छ । टोलीका नियमित सदस्य मिचेल स्टार्क, जोश हेजलवुड, प्याट कमिन्स, क्यामरुन ग्रीन र डेविड वार्नरलाई भने विश्राम दिइएको छ । दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको टी–२० सिरिज ३० अगस्टबाट सुरु हुनेछ । 

टी–२० सिरिजका लागि अस्ट्रेलियाको टोली :

मिचेल मार्श (कप्तान), ट्रभिस हेड, म्याथ्यु सर्ट, स्टिभन स्मिथ, जोश इंग्लिस, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, टिम डेविड, एडम जाम्पा, सन एबट, जेसन बेहरेन्डोर्फ, नाथन एलिस, आरोन हार्डी, स्पेन्सर जोनसन र एडम जाम्पा ।  

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update