NRN
सदन सुचारू गर्न प्रधानमन्त्रीनिवासमा तीन शीर्ष नेताहरूबीच छलफल

सदन सुचारू गर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा शीर्ष नेताबीच छलफल सुरु भएको छ।

सभामुख देवराज घिमिरेसहित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन्। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध हटाउनेबारे छलफल भइरहेको हो।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्वीकार गरेपछि संसद् अवरुद्ध हुँदै आएको छ ।

प्रतिनिधिसभा बैठक आज अपराह्न ३ बजेका लागि बोलाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update