NRN
म्यानमारसँग मैत्रीपूर्ण खेल नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले खेल्ने

म्यानमारसँग दुई मैत्रीपूर्ण खेल नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले खेल्ने भएको छ । सोमबार सामाजिक सञ्जालमार्फत म्यानमार फुटबल संघले नेपालसँग सेप्टेम्बरमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।

खेलहरू याङ्गुनमा खेलिनेछन् र दुवै खेल फिफा विन्डो अन्तर्गत पर्दछन्।

अक्टोबरमा हुने फिफा विश्वकप छनोटको तयारी स्वरुप दुवै टोलीले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । थुवुन्ना स्टेडियममा नेपाल र म्यानमारबीच पहिलो खेल सेप्टेम्बर ८ र सेप्टेम्बर ११ मा दोस्रो खेल हुनेछ । 

युएनेपालले अक्टोबर १२ मा दशरथ रंगशालमा लाओससँग पहिलो खेल खेल्नेछ भने दोस्रो चरणमा प्रवेश गरेमा नेपालले दोस्रो चरणको समूह एच मा रहेकोई, बहराइन र यमन/श्रीलंकासँग लाओसको मैदानमा खेल्नेछ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update