NRN
रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ जना घाइते

रोल्पामा बस दुर्घटना भएकाे छ । रोल्पाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको ना. ५ ख २६१२ नम्बरको यात्रुवाहक बस रोल्पाको त्रिवेणी-७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हाे । घटनामा  १८ जना घाइते छन् । बस सडकबाट करिब १०० मिटर तल खसेको छ ।

मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

चालकसहित घाइतेलाई उद्धार गरेर रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update