देवराज घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद्मा अवरोध नहटेपछि सभामुख देवराज घिमिरेले आजको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
सभामुखको सचिवालयका अनुसार बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था बैठक बस्नेछ ।बैठकमा प्रमुख प्रतिपक्षी दलसहित सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी हुनेछन् । बैठक संसद भवन बानेश्वरमा बस्ने छ।
दुई सातादेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको बैठक बस्न सकिरहेको छैन ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० ११:३२
प्रतिक्रिया दिनुहोस्