NRN
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु

सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।

सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का सोमबार रातिदेखि बेपत्ताका ६० वर्षीय भोला चौधरीको शव मङ्गलबार बाँके खोलामा फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

त्यस्तै, सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो । लगत्तै उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका पनि चिकित्सकले मृत घोषणा गरे । बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ ।

बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका र लगत्तै उनीहरुको उद्धार गरिएकोको प्रहरीले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update