NRN
एक्सपर्टको छलागं : २० बर्षमा १६ देशमा ५० भन्दा बढी शाखा

- राजन घिमिरे

केही गर्नुस । जे गर्नुस निरन्तरता दिनुहोस् । सफलता , साथ र वाहवाही अबश्य हात लाग्ने छ ।

यस्तै, धेरै बिधा र क्षेत्रहरूको उदाहरण मध्ये एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज पनि एक उदाहरण हो । शैक्षिक परामर्शदाताको रूपमा एक्सपर्टले आफ्नो उपस्थिति मात्र बिस्तार गरेको छैन कि बिध्यार्थीहरूको मन र बिश्वास जित्दै शैक्षिक क्षेत्रमा आफ्नो उपस्थिति दह्रो बनाउन सफल भएको छ ।

आफ्नो स्थापनाको २० बर्ष पार गरेको एक्सपर्टले यो बिचमा थुप्रै उतार चढाबहरु पनि नभोगेको होइन, तर पनि आफ्नो कर्म ,काम, बिधा र क्षेत्रलाई यो सस्थासँग आबद्दहरूले निरन्तरता दिइ नै रहे र अन्तत: दुई दशकको यात्रा सफलताका साथ सम्पन्न गरेको छ।

शैक्षिक परामर्शदाता सस्थाले २९ बर्ष पुरा गर्न सक्नु भनेको कम गौरबको कुरा होइन -‘ हामी त माध्यम मात्र हाैँ। बिध्यार्थीहरूको साथ , माया र बिश्वास नभएको भए यो यात्रा पार गर्न गार्हो हुन्थ्यो । यसको सम्पूर्ण धन्यबाद बिध्यार्थीहरूमा जान्छ-‘ संस्थाको भनाई छ ।

एक्सपर्टले अहिले १६ वटा बिभिन्न मूलुकहरूबाट ५० भन्दा बढी शाखा मार्फत सेवा दिइरहेको छ । यसैबीच एक्सपर्टले नेपालीहरूको बाक्लो वसोवास रहेको सिड्नीको रकडेलमा नयाँ शाखाको स्थापना गरेको जानकारी दिएको छ ।

उदघाटन कार्यक्रममा सन्जिब शर्मा र बद्री अर्यालले शैक्षिक परामर्श सेवा सम्मानित र मर्यादित पेशा भएकोले जिम्मेवार भएर काम गरेमा यसले विद्यार्थी, अभिभावक र समाजको पनि मन जित्नसक्ने उदाहरण एक्सपर्टले पेस गरेको बताए।

दुई दशकको लामो यात्रामा आफूहरूले सिकेको कुरा भनेको इमानदारिता नै हो, यसले एक्सपर्टलाई विश्वसनीय बनायो र देश विदेशमा फैलाउन मद्दत पुर्याएको एक्सर्टको भनाइ छ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update