एमालेको अवरोधपछि संसद् बैठक स्थगित
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्। सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने मागसहित एमालेले नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको हाे ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेर अवरुद्ध गरेपछि सभामुख घिमिरेले आजका लागि तोकिएका सम्पूर्ण नियमित कार्यसूची हटाएर बैठक स्थगित गरेका हुन्।
गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको र संसदीय छानबिन बनाउनुपर्ने आफ्नो माग पूरा नभएको भन्दै एमालेले अवरोध जारी राखेको हो।
अर्को बैठक साउन २४ बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १४:०२
प्रतिक्रिया दिनुहोस्