NRN
पाकिस्तानका राष्ट्रपति अल्वीले गरे संसद भंग

पाकिस्तानको संसद भंग भएको छ। राष्ट्रपति अल्वीले प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा बुधबार मध्यराति संसद भंग गरेका हुन् ।

पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो तर त्यसभन्दा तीन दिन अगाडि नै संसद भंग गरिएको हो ।

राष्ट्रपतिले संविधानको धारा ५८–१ बमोजिम संसद भंग गरेका हुन् । कार्यकाल सकिनुअघि नै संसद विघटन भएपछि पाकिस्तानमा अब ९० दिनपछि ‍चुनाव गर्नुपर्नेछ। संसदको कार्यकाल सकिएको अवस्थामा भने ६० दिनभित्र चुनाव गर्नुपर्ने पाकिस्तानको संविधानमा उल्लेख छ।

उनले कार्यवाहक प्रधानमन्त्रीको नाम सबैले स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् । पाकिस्तानी संसदको कार्यकाल अगस्ट १२ मा सकिँदै थियो तर तीन दिनअघि नै संसद भंग गर्ने निर्णय गरिएको थियो ।

अब पाकिस्तानमा कार्यवाहक सरकारसँग निर्वाचन गर्न ९० दिनको समय हुनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update