NRN
२८ तोला सुन बोकेकी एक महिला पोखरामा बसपार्कबाट पक्राउ

पोखरामा बसपार्कबाट एक महिलाले भित्री वस्त्र (ब्रा)भित्र लुकाएर ल्याएकाे करिब २८ तोला सुनसहितपक्राउ परेकी छन् ।

काठमाडौंबाट बस चढेर पोखरा उत्रेकी झापा बिर्तामोड नगरपालिका– १ घर भएर हाल काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीषा कल्पना गुरुङलाई प्रहरीले २८ तोला विस्कुट आकारको सुनसहित पक्राउ गरेको हो ।काठमाडौंबाट पोखरामा बिहीबार आएको ग १ ख ९९४४ नम्बरको बसमा यात्रारत सो सुन बिहान साढे ७ बजे बरामद गरेको हो।

विशेष सूचनाका आधारमा पोखरा बसपार्क पुगेर बसबाट झर्नासाथ प्रहरीले गुरूङमाथि चेक गर्ने क्रममा सुन बरामद भएको हो। गुरूङले छातीमा सेतो टेपले बेरेर ब्राभित्र सुन लुकाएर राखेकी थिइन्।

प्रहरीका अनुसार महिलाले प्रारम्भिक बयानका क्रममा काठमाडौंको एक व्यक्तिले निश्चित रकम दिएर सुन पोखरा लैजान भनेको र सोहीअनुसार आफू सुन बोकेर पोखरा आएको बताएकी छन्।

महिलाबाट बरामद सुन पोखराको कुनै सुनचाँदी व्यवसायीका लागि कसैले पठाएको र यो उपक्रम लामो समयदेखि चलिरहेको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ।

उनीमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान अघि बढाएको छ। 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update