NRN
रोनाल्डोको गोलले अल नासर क्वार्टरफाइलनमा

अल नासर क्लब अरब च्याम्पियन्स कप फुटबलको क्वार्टरफाइलनमा पुगेको छ । बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा इराकी क्लब अल शोर्टालाई १-० गोल अन्तरले पराजित गर्दै अरब क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

अल नासरको जितमा खेलको ७५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनी खेलका ‘म्यान अफ द म्याच’ पनि भए। अल नासर अरब क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको यो पहिलो पटक हो । 

अब रोनाल्डोको टोलीले अल–हिलाल र अल–सबाबबीचको विजेतासँग फाइनल खेल अगस्त १२ मा हुँदैछ ।

 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update