सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका हुन् ।
राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई शुक्रबार बिहान पौने ८ बजे त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । कालोसूचीमा रहेका उनीहरु विमानस्थल पुगेपछि अध्यागमन विभागले पक्राउ गरेको हो ।
अनुसन्धान अधिकृतहरुले यो प्रकरणमा यसअघि अर्का चिनियाँ नागरिक ज्यास्याङ लिनलाई पनि पक्राउ गरिसकेको छ । प्रहरीको विशेष ब्यूरोले उलनाई दरबारमार्ग नजिकै उत्तर ढोकामा लोकेट गरेको थियो । पछ्याउँदै जाँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।