NRN
नेदरल्यान्ड्सलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबल २०२३ को सेमिफाइनलमा

स्पेन फिफा महिला विश्वकप फुटबल २०२३ को सेमिफाइनलमा पुगेको छ ।

सब्सटिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेकी १९ वर्षीय सल्मा पारालुएलोले १११ औँ मिनेटमा निर्णायक गोल गरेपछि नेदरल्याण्ड्सलाई पराजित गर्दै स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हाे ।न्युजिल्याण्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सलाई २-१ गोलले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।

उपविजेता भएकाे नेदरल्याण्ड्स क्वाटरफाइनलबाट बाहिरिएको छ । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

नेपाली समय अनुसार शुक्रबार बिहान भएको खेलमा स्पेनको जितमा मारियोना कालले निर्धारित समयको ८० औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएकी थिइन् तर, स्पेन जित नजिक पुग्दा नेदरल्याण्ड्सका स्टेफानी भान डेर ग्राटले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍याएकी हुन् ।

आजै जापान र स्वीडेनबीचको खेल दिउँसो सवा एक बजे शुरु हुनेछ भने  फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update