NRN
सदन खुलाउन राष्ट्रपतिसँग सभामुख र अध्यक्षकाे भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा करिब एक घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे हटाउनेबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

भेटमा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट सहयोगको अपेक्षा गरेको अधिकारीले बताए । राष्ट्रिय सभा बैठक अहिले जारी छ भने प्रतिनिधि सभा बैठक दिउँसो एक बजे बस्दैछ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर सदन अवरुद्ध पार्दै आएको छ ।

शीर्ष नेताबीच पटक–पटक वार्ता भए पनि सदन खुलाउनेबारे कुरा मिल्न भने सकेको छैन ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update