NRN
त्यस कारण सोम सापकोटाले दिए उप महासचिव पदमा उम्मेदवारी

- राजन घिमिरे

संस्थामा रहँदा होस् या बाहिर रहँदा नै किन नहोस् । सामाजिक अभियन्ताको रूपमा लागि पर्दै आएका सोम सापकोटा एक जुझारू सामाजिक अभियन्ता हुन् । गैर आबासीय नेपाली संघसँग सन् २००३ देखी नै आबद्द यिनको यो संस्थासँग नाता ,सम्बन्ध र सहकार्य लामै छ ।

हाल गैर आबासीय नेपाली संघको प्रबक्ताको रूपमा रहेका सापकोटा अब २०२३-२०२५ का लागि उप महासचिव पदमा उम्मेदवारी दिने तयारीमा लागि परेका छन -‘ संस्थालाई सुदृढ़ीकरण, अझै ब्यबस्थित र बिश्वभरि छरिएर रहनु हुने प्रबासी नेपालीहरूलाई एउटै छानामुनी केन्द्रित गर्नै र भाईचाराको सम्बन्ध बिकास गर्नु पनि मेरो उद्देश्य रहने छ -‘ सापकोटाले भने ।

सन् २००६ मा युरोपको पोर्चुगलको राष्ट्रीय समन्वय समितिको निर्वाचित सदस्य भएर अगाडि बढेका उनले सन् २००८ मा डेनमार्कको अध्यक्ष हुँदा गरेको कार्य र निभाएको भूमिका कम गौरवपूर्ण छैन ।

सन् २०११ -२०१३ सम्म गैर आबासीय नेपाली संघको केन्द्रिय सदस्य बनेका सापकोटा सन् २०१५ -२०१७ यूरोपको उप संयोजक बने । उनि सन् २०१७ -२०१९ सह कोषाध्यक्ष बने । यसैगरी सन् २०१९ -२०२१ केन्द्रीय सल्लाहकार भएर संघलाई हाँकेका सोम हाल संघको प्रबक्ता रहेका छन् ।

गैर आबासीय नेपाली संघसँग हातेमालो गर्दै अगाडि बढेका सोमले सन् २०२३ - २०२५ का लागि उप महासचिव पदमा उमेदवारी दिन लागेको कुराले यतिबेला समग्र गैर आबासीय नेपालीहरूमा उत्साह प्रदान गरेको छ ।

उनिहरूको भनाई छ -‘ संघसँग आबद्द रहेपछी सापकोटाले संघको उचाई र गरिमा बढाउन उल्लेख्य भूमिका खेलेका छन्। यस्ता सामाजिक अभियन्तालाई संघमा राख्न उनको जित आबश्यक छ ।' नेपालको पर्यटन क्षेत्रको बिकास र बिस्तार गर्न र प्रबासी नेपालीहरूलाई नेपालमा लगानी गरेर रोजगारी बढाउन बिशेष भूमिका खेलेका सोम सापकोटाले संस्थामा रहनु हुने र बाहिर रहनु हुने अभियन्ताहरूको साथ, समर्थन र सुझाबका कारण आफूले उप महासचिव पदमा उमेदवारी दिन लागेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update