NRN
क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल–नासरबाट पहिलो उपाधि

पोर्चुगलका विश्वचर्चित फूटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल–नासरबाट पहिलो उपाधि जितेका छन्।

गए राति सम्पन्न अरब क्लब च्याम्पियन्स कपको फाइनल खेलमा प्रतिस्पर्धी अल हिलाललाई अल–नासरले २-१ गोल अन्तरले पराजित गरेको हाे ।
सुरुआती खेलमा अग्रता भने अल हिलालकाे थियो । ५१औँ मिनेटमा माइकलले गरेको गोलबाट हिलालले अग्रता कायम गरेको थियो तर ७४ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई खेलमा फर्काएका थिए । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।९८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल–नासरलाई २–१ को अग्रतामा राखेकाे थियाे ।

त्यसपछि अल हिलालले गोल फर्काउन नसक्दा नासरले २–१ को जित सहित अरब कपको उपाधि उचालेकाे हाे । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update