NRN
सुदन किराती मन्त्री पदबाट हट्न तयार भन्छन्, 'अध्यक्ष कमरेडलाई बाध्यता छ हामी उहाँलाई सहयोग गर्न तयार छौं ।’

संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले आफु मन्त्री पदबाट हट्न तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमतलाई सरकारमा प्रवेशसँगै माओवादीमा उनीसहितकालाई हटाएर मन्त्री हेरफेर गर्न लाग्दा किरातीले उक्त कुरा बताएका हुन् ।

‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु, मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो सर्त होइन । उनी भन्छन्, अध्यक्ष कमरेडलाई बाध्यता छ हामी उहाँलाई सहयोग गर्न तयार छौं ।’

पुस १० गते माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै उनी संस्कृति तथा पर्यटनमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री ‘प्रचण्ड’ले माओवादीका एक मन्त्रीलाई फिर्ता बोलाउने तयारी अहिले सरकारमा जनमत पार्टीलाई सहभागी गराउन गरेका छन् ।

बाहिर प्रधानमन्त्री ‘प्रचण्ड’ले किरातीसहितका माओवादी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागेको चर्चापछि किरातीले आफु पदबाट हट्न तयार रहेको बताएका हुन् ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update