नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेको डा.रञ्जित कुमार यादवलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सक्कली परेपछि छाडेको छ ।
अदालतले अनुसन्धानका लागि म्याद थप गरेपछि महोत्तरीको पिपरा-८ घर भएका डा.यादव सक्कली भएको पाइएपछि सोमबार छाडिएको हो।
नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई सोमबार पठाएको थियो। यादव सक्कली भएको थाहा भएपछि सीआईबीले उनलाई हतार हतार रिहा गर्ने प्रक्रिया अगाडि बढाएको थियो। यादवलाई काउन्सिलको उक्त पत्रपछि सीआईबीले छाडेको हो।
प्रहरीले रञ्जित कुमार यादव नाम गरेका दुई डाक्टर रहेकाले त्रुटी हुन पुगेको बताएको छ भने प्रहरीले त्यही नाम गरेका नक्कली डाक्टरको खोजी गरिरहेको छ।
सीआईबीले शुक्रबारसम्म ८ जनालाई ‘नक्कली डाक्टर’लाई पक्राउ गरेको थियो।