नेपाल राष्ट्र बैंकले सोमबारकाे विनिमय दर सार्वजनिक गरेकाे छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार साताकाे पहिलाे दिन अर्थात् आइतबार एकको खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८६ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही मूल्यमा कारोबार भइरहेकाे छ।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ३५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा आज ९८ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८५ पैसा पाइन्छ ।
त्यसैगरी, आइतबार खरिदमा १४५ रुपैयाँ २५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ९१ पैसा कायम गरिएको रोपियन युरो आइतबारको तुलनामा आज युरो ४८ पैसा घटेर एकको खरिददर १४४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ।
यस्तै, आइतबारको तुलनामा ५ पैसा घटेर सोमबार पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६७ रुपैयाँ ९२ पैसा र बिक्रीमा १६८ रुपैयाँ ६८ पैसा पाइन्छ।
यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४१ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३० पैसा र बिक्रीमा ३६ रुपैयाँ ४६ पैसा पाइन्छ।
त्यसैगरी, आज कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ९२ पैसा पाइन्छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४१ पैसा तोकिएको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०१ पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ८३ पैसा र बिक्रीमा २८ रुपैयाँ ९६ पैसा पाइन्छ।