NRN
इटालीको फुटबल टिमका अनुभवी प्रशिक्षक रोबर्टो म्यानसिनीले पदबाट राजीनामा

राष्ट्रिय टोलीको जिम्मेवारीबाट इटालीको फुटबल टिमका अनुभवी प्रशिक्षक रोबर्टो म्यानसिनीले पदबाट राजीनामा दिएका छन् ।

सन् २०१८ को विश्वकप छनोटपछि राष्ट्रिय टिमको जिम्मेवारी पाएका उनले राजीनामा दिएका हुन् ।

म्यानसिनीले इटालीलाई सन् २०२० को युरोपियन च्याम्पियनसिपको उपाधि समेत दिलाएका थिए । मान्सिनीको प्रशिक्षणमा इटालीले कीर्तिमानी ३७ खेलसम्म अपराजित यात्रा तय गरेको थियो तर सन् २०२२ को विश्वकपमा स्थान बनाउन असफल भएको थियो ।

मान्सिनीले सन् २०१२ मा म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । यसपछि इटालीलाई युरो–२०२० च्याम्पियन बनाएका थिए । मान्सिनीको प्रशिक्षणमा इटालीले गएको जुनमा सम्पन्न नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update