NRN
जनमत पुनः सरकारमा, अनितादेवीले लिइन् सपथ

राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा जनमत पार्टीका सांसद अनिता देवी साहले मन्त्री पदको सपथग्रहण गरेकी छन् । जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन् साहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएकी हुन् ।

साे सपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।

जनमत पार्टीको सचिवसमेत रहेकी साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । 

करिब चार महिनापछि जनमत पार्टी सरकारमा फर्किएको छ। 

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आइतबार सत्तारुढ नेकपा माओवादी केन्द्रले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update